देउवाका लागि शिलत निवासमा ‘धारा’ खोज्दै माधव नेपाल
२९ असार, काठमाडौँ । केही दिनअघि जनै खटिराले सिकिस्त भनिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल २ घण्टादेखि राष्ट्रपति भवनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चाहना बमोजिम विज्ञप्तिमा धारा खोजिरहनुभएको छ । अहिले उहाँहरू धारा खोज्ने प्रयोजनका लागि छुट्टै छलफलमा हुनुहुन्छ ।
छलफलमा नवनियुक्त प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपाका नेता उपेन्द्र यादव लगायत छुट्टै छलफलमा हुनुहुन्छ । राष्ट्रपति कार्यालयले इमान्दारिता पूर्व सर्वोच्चबाट नियुक्ति लिएर प्रधानमन्त्री हुन खोजेका देउवाको नियुक्तिको विज्ञप्तिमा सर्वोच्चको फैसला अनुसार भनेर उल्लेख गरेपछि उनीहरूले विज्ञप्तिमा धारा खोजिरहेका छन ।
प्रकाशित मिति : July 13, 2021 at 8:20 pm









