संविधान संशोधन गराएरै निर्दलीय प्रधानमन्त्री बनाएकोमा माधव नेपाललाई गोकुलको बधाई
२९ असार, काठमाडौँ । नेकपा एमालेका युवा नेता पूर्व मन्त्री गोकुल बाँस्कोटाले संविधान संशोधन गरेरै निर्दलीय प्रधानमन्त्री बनाउन सफल भएको भन्दै आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बधाई दिनुभएको छ । माधव नेपालको गतिबिधिप्रति असन्तुष्टि जनाउँदै युवा नेता बाँस्कोटाले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘संबिधान शंसोधन गर्न लगाएरै भए पनि निर्ददलीय लोकतान्त्रिक ब्यबस्थाको पहिलो प्रधान्मन्त्री देउवालाई बनाइ छाड्ने सफलता दिलाईदिनु भएकोमा माधब नेपाललाई र परमाधेश धारा अनुसार प्रम बन्न सफल हनु भएकोमा शेरबहादुर देउवालाई सफलताको शुभकामना तथा हार्दिक बधाई!!!’
प्रकाशित मिति : July 13, 2021 at 7:02 pm









