राष्ट्रपति कार्यालयको विज्ञप्तिः सर्वोच्चको फैसला अनुसार देउवा प्रधानमन्त्री नियुक्त
२९ असार, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा देउवालाई अदालतको फैसलाअनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख गरिए पनि कुन धाराअनुसार नियुक्त गरिएको हो भन्नेबारेमा खुलाइएको छैन ।

प्रकाशित मिति : July 13, 2021 at 4:11 pm









