२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

ओलीको बालुवाटार टु बालकोट यात्रा, पाँच हजार सवारीले स्कर्टिङ गर्ने

२९ असार, काठमाडौँ । एमालेको भ्रातृ संगठन युवा संघले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री निवासबाट बालकोट जाँदा पाँच हजार सवारीले स्कर्टिङ गरेर लैजाने भएको छ । मंगलबार युथ फोर्स व्यूँतिएको घोषणासँगै युवा संघका इञ्चार्ज तथा सांसद महेश बस्नेतले ओलीलाई प्रधानमन्त्री निवासबाट बालकोट जाँदा पाँच हजार सवारीले स्कर्टिङ गरेर लैजाने जानकारी दिनुभयो ।

उहाँले दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्‍याउने कार्यक्रम रहेको राखिएको बताउनुभयो । बस्नेतले कौशलटारदेखि बालकोटसम्म जनताले स्वागत गर्ने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो । बस्नेतले  नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिरोध गर्न युथफोर्स ब्युँताइएको बताउनुभयो ।

प्रकाशित मिति : July 13, 2021 at 4:01 pm