७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बैकिङ्ग कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

२९ असार, काठमाडाैँ । बैकिङ्ग कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैकिङ्ग कसूर (चेक बाउन्स) मुद्दाहरुमा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका गणेशमान श्रेष्ठ र महेन्द्र प्रसाद मिश्र पक्राउ परेका हुन ।

सहारा राणाको जाहेरीले गणेशमान श्रेष्टलाइ १५ दिन कैद र ५५ लाख जरिवानाको फैसला अदालतले गरेको थियो । श्रेष्ठले माछापुच्छ्रे र सेन्चुरी बैंकका पैसा नभएका चेक राणालाइ दिएका थिए । त्यसपछि राणाको मुद्दा उच्च अदालत पाटनसम्म पुगेको थियो ।

यस्तै डोमा याङ्छेनको पैसा ठगी गरेर पैसा नभएको चेक दिने महेन्द्र मिश्रलाइ अदालते सात दिन कैद र ५२ लाख जरिवाना गरेको थियो । उनले डोमा याङ्छेनलाइ ठगेका थिए । उनीहरू दुबैलाइ फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 13, 2021 at 3:31 pm