सर्वोच्चकाे फैसलाले राज्यका अंगहरूबीचको सन्तुलन खल्बलियोः प्रधानमन्त्री ओली
२९ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसला आफ्नो पार्टीले पालना गर्ने बताउनुभएकाे छ । उहाँले फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको बताउनुभयाे । प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै उहाँले सर्वोच्चको फैसलाले दलिय व्यवस्था बलियो भयो कि कमजोर भन्ने प्रश्न उठाउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘यो फैसलाको समयले अग्नीपरीक्षा लिँदै जानेछ । राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खल्बलिएको छ । तर फैसला पालनाका सम्वन्धमा हाम्रो पार्टी स्पष्ट रहेको जानकारी गराउँछु ।’
प्रकाशित मिति : 14:42









