१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

कान्तिपुरमा १० वर्षपछि नारायण वाग्लेको पुनरागमन

२९ असार, काठमाडौँ । कान्तिपुरको प्रधानसम्पादकमा नारायण वाग्लेको पुनरागमन भएको छ । कान्तिपुरको सम्पादकबाट राजिनामा दिएर जागिर छाडेका वाग्ले १० वर्षपछि पुनः प्रधानसम्पादकको नियुक्ति लिएर शुक्रबार कान्तिपुर प्रवेश गरेका छन ।

वाग्लेलाई कैलाश शिरोहिया र कान्तिपुरबाट बाहिरिदैँ गरेका कान्तिपुरकै प्रधानसम्पादक सुधिर शर्मा र दि काठमाडौँ पोष्टका प्रधानसम्पादक अखिलेश उपाध्ययले पनि स्वागत गरे । वाग्लेले शुक्रबारबाटै काम सुरु गरेका छन । प्रधानसम्पादकमा भित्रैबाट हरिबहादुर थापालार्इ नियुक्त गर्न सक्ने अाम अाँकलनका बीचमा वाग्लेकाे कान्तिपुरमा प्रवेश भएको छ ।

यता प्रधानसम्पादकद्धयको राजिनामाको भित्रि कारण भने अझै खुलेको छैन । राजिनामाका विषयमा अनेक कारण र टिप्पणीका विषयमा सार्वजनिक बहस नै भएपनि शर्मा र उपाध्यायले भने व्यक्तिगत कारण भनेका छन ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १६:२७