एमालेले बोलायो १० बुँदे अनुसारको स्थायी कमिटी, माधव नेपाल जालान कि नजालान ?
२९ असार, काठमाडौँ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुसारको बैठक अध्यक्ष केपी शर्मा ओलीले बोलाउनु भएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यसअघि हिजो अनौपचारिक रूपमा स्थायी कमिटीको बैठक बसेको थियो आमन्त्रित सहित ३३ सदस्यीय कमिटीमा २० जनामात्र सहभागी हुनुभएको थियो ।
आजको बैठकमा माधवकुमार नेपाल समूह पनि सहभागी हुने अपेक्षा गरिएको छ । कार्यदलका संयोजकद्धय सुवासचन्द्र नेम्बवाङ र डा भीमबहादुर रावलले सोमबार उक्त १० बुँदे सहमति अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको थियो ।
सोमबार नै सर्वोच्चले प्रधानमन्त्री तोकेपछि विपक्षी गठबन्धन छाडेको बताउनुभएको नेता माधवकुमार नेपाल एमाले बैठकमा सहभागी हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रतिक्षाको विषय बनेको छ । यसअघि बालुवाटार नछिर्ने बताउनुभएको उहाँले प्रधानमन्त्रीसँग केही पटक होटल म्यारियट र एक पटक व्यापारी रामेश्वर थापाको घरमा भेट्नुभएको थियो ।
प्रकाशित मिति : 08:10









