३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

सर्वोच्चको फैसला गम्भीर त्रुटिपूर्ण रहेपनि कार्यान्वयन गर्छाैँः एमाले

२८ असार, काठमाडाैँ । नेकपा एमालेले सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भए पनि कार्यान्वयन गर्ने निर्णय गरेको छ । एमालेले फैसलाले संसदीय प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको ठहर गरेको छ । स्थायी कमिटीको अनौपचारिक बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको बताउनुभयो । ‘फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीको आधारभुत संरचनाहरुलाई निकै खल्बल्याउने काम गरेको छ,’ उहाँको भनाइ छ । ज्ञवालीले सर्वोच्चको फैसलाले निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभाष भएको ज्ञवालीले टिप्पणी गर्नुभयो । एमालेले सर्वोच्चको फैसलाबारे धारणा बनाउन स्थायी कमिटीको औपचारिक बैठक मंगलबार बोलाएको छ ।

प्रकाशित मिति : 19:51