३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागत योग्यः प्रवक्ता शर्मा

२८ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुर्नस्थापित गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ । सर्वोच्च अदालतको फैसला लगत्तै संक्षिप्त प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माल प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत योग्य र ऐतिहासिक भएको बताउनुभएको हो । उहाँले फैसलाले एकसाथ महत्वपुर्ण ३ वटा सन्देश दिएको बताउनुभयो ।

कार्यपालिकाकाले संविधान र कानुन भन्दा बाहिर गएर काम गरेको खण्डमा संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा न्यायलयले कर्म गर्न सक्क्तछ भन्ने सन्देश दिएको उहाँले बताउनुभयो । त्यसैगरी संसदलाई जोगाउनका लागि संविधानले सांसदलाई दिएको राजनीतिक अधिकारको रक्षा र सुरक्षा पनि न्यायलयले गरेको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक यात्रालाई विधिभित्रैबाट लैजानुपर्छ भनेर पनि स्थापित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “आजको सर्वोच्च अदालतको फैसला ऐतिहासिक छ । नेपाली कांग्रेस यसलाई स्वागत गर्दछ । यो फैसलाले एकसाथ महत्वपुर्ण ३ वटा सन्देश दिएको छ । एउटा संदेश यदी कार्यपालिकाकाले संविधान र कानुन भन्दा बाहिर गएर कार्य गर्दछ भने हामीले संविधान मा नै व्यवस्था गरेको प्रबन्ध बमोजिम संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा हाम्रो न्यायलयले त्यो कर्म गर्न सक्क्तछ भन्ने सन्देश दिएको छ ।

र संबैधानिक इजलास साचो अर्थमा सम्मानित पुष्ठि भएको छ । अर्को सन्देश यसले राजनीतिक रुपमा पनि दिएको छ । संविधानले संसदलाई जोगाउने राजनीतिक अधिकार सांसदलाई दिएको छ, त्यसको रक्षा र सुरक्षा पनि गरेको छ । यो फैसलाको अन्तरनिहीत आत्माको व्याख्या गर्नुपर्दा, अब नेपालको संविधानसभाले निर्माण गरेको सविधानभित्रबाट कुनै पनि अधिनायकको जन्म, यसबाट अधिनायकवादतर्फ लैजान्छु भन्ने दुश्सप्न आजका प्रधानमन्त्री मात्रै होइन भविश्यका कसैले पनि गर्नुहुन्न र लोकतान्त्रिक यात्रालाई विधिभित्रैबाट लैजानुपर्छ भनेर पनि स्थापित गरेको छ ।

यसले (परमादेश)नेपाली कांग्रेस पार्टीका लागि सरकार निर्माण गर्ने अवसर मात्रै प्रवक्ताको रुपमा मैले भन्दै गर्दा पनि यो केबल सरकार बनाउने अवसर होइन है इतिहास निर्माण गर्ने अवसर हो ।”संविधान ठिक ठाउँमा आउनुपर्छ भनेर आ आफ्नो स्थानबाट योगदान गर्नेहरु प्रति कांग्रेसले सम्मान व्यक्त गरेको छ ।

प्रवक्ता शर्माले पार्टीले सर्वोच्चको आदेशलाई नेपाली जनताको ऐतिहासिक जीतको रुपमा, लोकतन्त्रको जीतको रुपमा नेपालको संविधानको जीतको रुपमा र यो जीतलाई जताको हितमा प्रयोग गर्ने ऐतिहासिक अभिभाराको रुपमा पनि लिने बताउनुभयो । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आवेगमुक्त भएर संयमतापुर्वक मार्गप्रशस्त गर्न ढिलाई गर्नुहुनेछैन भन्ने विश्वास कंग्रेसले लिएको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

प्रकाशित मिति : 16:17