२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

१० बुँदे सहमतिमा माधव नेपालको पनि सहमति हो, अब कार्यान्वयन हुन्छः उपाध्यक्ष रावल

२८ असार, काठमाडाैँ । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले विवाद समाधान कार्यादलले गरेको १० बुँदे सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपालको पनि सहमति रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले बाहिर हल्ला भएको जस्तो सहमतिप्रति माधव नेपालको असहमति नरहेको प्रष्ट पार्नुभयो ।

उहाँले अाफैँले माधव नेपालसँग कुरा गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘माधव नेपालको पनि यसमा पूर्ण सहमति छ । मैले नै माधव कमरेडसँग कुरा गरेको छु । सहमति कार्यान्वयन हुँदैन कि भनेर आशंका नगरौं । सहमति अब कार्यान्वयन हुन्छ ।’ उहाँले सहमति सोमबारबाटै कार्यान्वयन हुने बताउनुभयो ।

प्रकाशित मिति : 09:41