२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमालेको ३० सदस्यीय स्थायी कमिटी बैठक ५ बजे, माधव नेपाल समूह पनि सहभागी हुने

२८ असार, काठमाडाैँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सोमबार साँझ ५ बजे बस्ने भएको छ । विवाद समाधान कार्यदलले गरेको सहमति अनुमोदनका लागि स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

विगतमा २२ सदस्य रहेको एमालेको स्थायी कमिटी एमालेभित्रैबाट थपिएका चार र माअोवादी केन्द छाडेर एमालेमा रहेका चार सदस्यका कारण ३० सदस्यीय भएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवासमा बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थायी कमिटीमा यसअघि रहेका २२ जना बाेहक बिष्णु रिमाल,रघुवीर महासेठ, रघुजी पन्त, बेदुराम भुसाल, रामवहादुर थापा बादल,टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणि थापा पनि बैठकमा सहभागी हुनेछन । १० बुँदे सहमतिले उहाँहरू सबैलाइ बैठकमा सहभागी हुने वैधानिकता प्रदान गरेको छ ।

प्रकाशित मिति : 07:57