एमालेको विवाद अन्त्य गर्ने १० बुँदे सहमति यस्तो छ
७ असार, काठमाडाैँ । १० बुँदे सहमतिसँगै एमाले विवाद टुंगिएको छ । एमालेले विवाद समाधानका लागि गठन गरेको कार्यदलका सदस्यद्धारा सहमतिमा हस्ताक्षर भएको छ । कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले १० बुँदे सहमतिमा हस्ताक्षर भएको दैनिकीलाई जानकारी दिनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बीचमा सहमति भएर बनेको कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पाैडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव समूहबाट डा भीमबहादुर रावल, गोकर्ण विष्ट, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य हुनुहुन्छ । यस्तो छ कार्यदलको सहमति ।

प्रकाशित मिति : 22:38









