एमाले कार्यकर्ताले बिहान उठ्ने बित्तिकै पाउने भनेको खुशी सुत्ने बेलामा पनि पाएनन्
२७ असार, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल विदेशीको गोटी बन्न खोज्दा पार्टी भित्र बनिसकेको सहमति समेत भत्किएको छ । पछिल्लो ४८ घण्टादेखि युरोपियन युनियनका नेपाली एजेटहरूको दौडधुपका कारण माधव नेपाल एमालेमै रहनेकुराबाट केही पछि हटेका छन ।
युरोपियन युनियनका एजेण्डहरूले सर्वोच्चमा समेत सेटिङ भएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुने र त्यसपछि माधव नेपालको शक्ति बलियो हुने भन्दै एमालेमै फर्किहाल्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए । नेपालले उक्त आग्रह स्वीकार गरेका छन ।
एमालेमै फर्किने निधोसहित विपक्षी गठबन्धनको एउटा बैठक समेत बहिष्कार गरेका नेपाल शरीरमा जनैखटिरा देखिएको बहानामा विभिन्न दूतहरूको गोप्य भेटघाटमा लागेका हुन । उनले आफू निकट भनिएका कार्यदलका सदस्यहरूलाई समेत आफूले देउवालाई धोका दिन नसक्ने बताइसकेका छन ।
केही दिनअघि नै मिलेको विवाद दस्तावेजीकरणको नाममा कार्यदलले ढिलाइ गरेपछि स्थिति थप जटिल बनेको हो । कार्यदलका सदस्यहरूले शनिबार राति बैठकबाट बाहिरिने क्रममा सबै कुरा मिलेको र आइतबार बिहान खुशीको खबर सुन्न पाउने बताएका थिए तर आइतबार राति अधिकांश बढी कार्यकर्ता सुतिसक्दा पनि उनीहरूले खुशीको खबर बाँड्न सकेका छैनन् । बरू १२ घण्टादेखि एउटै कोठामा बसेर माधव नेपालको व्यर्थको प्रतिक्षा गरिरहेका छन ।
एमालेभित्रको लामो विवाद अन्त्यको घोषणा आइतबार बिहान ८ बजे हुने र कार्यदलका सदस्यले सहमतिको दस्तावेजमा हस्ताक्षर गर्ने बताएका थिए । संस्थापन समूहका नेता समयमै गए पनि माधव नेपाल समूहका नेता झण्डै डेढ घण्टा ढिलामात्र बैठकस्थलमा पुगेका थिए ।
उनीहरूले आइतबार नै स्थायी कमिटीको बैठक बस्ने र कार्यदलको सहमति अनुमोदन गर्ने बताएका थिए । तर उनीहरूले न सहमतिमा हस्ताक्षर गर्न सके न नअनुमोदन । यसबीचमा घनश्याम भुसालले २ पटकसम्म माधवकुमार नेपालसँग भेटघाट गरेका छन ।
प्रकाशित मिति : 22:01









