सर्वोच्चको फैसलाको समिक्षा गर्न एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
२७ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको समिक्षाका निम्ति केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । पर्सी मंगलबार विहान ११ बजे प्रधानमन्त्री निवासमा बस्ने गरी बालुवाटारमा बैठक बोलाइएको हो ।
प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले असार २८ मा फैसला दिनेभएपछि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो । यसअघिको केन्द्रीय कमिटी बैठकले सर्वोच्चको फैसलाको भोलिपल्ट बैठक बोलाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति : 21:40









