माधव नेपाललाई भेटेर फर्किए घनश्याम, देउवालाई धोका हुनेगरी सहमति नगर्ने अडान
२७ असार, काठमाडौँ । नेकपा एमालेको विवाद समाधान कार्यदलका सदस्य एवं उपमहासचिव घनश्याम भुसाल माधवकुमार नेपाललाई भेटेर सिंहदरबार फर्किनुभएको छ । सिंहदरबारको अर्थ मन्त्रालयमा जारी कार्यदलको बैठकबाट कोटेश्वर पुगेका भुसाल केहीबेरअघि मात्र फर्किनुभएको हो ।
भुसाललाई नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिनेगरी कुनै सहमति नहुने र नमान्ने स्पष्ट सन्देश दिएर पठाउनुभएको छ । नेपालले सर्वोच्चको फैसला अघि कुनै पनि त्यस्तो सहमति नगर्ने प्रष्ट पार्नु भएको छ ।
प्रकाशित मिति : 18:04









