२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सर्वोच्च अदालतको फैसला आएपछि एमाले एउटै हुन्छः उपाध्यक्ष गौतम

२७ असार, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले संसद विघटनकाे सम्बन्धमा सुनाउने फैसलापछि एमाले एउटै हुने बताउनुभयाे । आइतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै गौतमले सर्वोच्चको आदेश आएपछि पार्टी विवाद मिल्ने र एमाले एउटै हुने बताउनु भएकाे हाे । ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन सर्वोच्चको निर्णयपछि हाम्रो पार्टी एकीकृत हुन्छ भन्ने लागेको छ, गौतमले भन्नुभयाे ।

केही दिनअघि पार्टीको केन्द्रीय समिति बैठकमा सहभागि भएकाे विषयलाई लिएर एउटा समूहले आफूविरुद्ध दु:ख प्रस्ताव पारित गरेको सुनियाे,‘वामदेव केपीतिर गयो भने, म यो सभामार्फत जानकारी गराउन चाहन्छु कि म कुनै तर्फबाट होइन, एमाले भएको प्रमाण पेस गर्न गएको हो, गौतमले भन्नुभयाे ।

प्रकाशित मिति : 14:05