२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

नेपाल प्रहरीका एआइजीहरूको सरूवा, को कहाँ ?

२५ असार, काठमाडाैँ । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरूवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरूको सरूवा निर्णय गरेको हो । गृह मन्त्रालयका अनुसार पद्युम्न कार्कीको राष्ट्रिय प्रहरी प्रशिक्षणबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा सरूवा भएको छ।

यस्तै, प्रशासन विभागका एआइजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरूवा गरिएको छ। अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेललाई एकेडेमी सरूवा गरिएको छ।मेट्रोका एआइजी हरिबहादुर पाललाई कार्य विभागमा सरूवा गरिएको छ। हालै बढुवा भएका एआइजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरूवा गरिएको छ।

प्रकाशित मिति : 19:51