२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा जारी

२३ असमार, काठमाडाैँ ।  नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा  ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२ बजेदेखि सुरु भएको हो।

बिहान १० बजे बस्ने भनिएकाे बैठक नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल  माधव नेपाललाई भेट्न कोटेश्वर पुगेपछि बैठक पर धकेलिएको थियो ।

बैठकमा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल  छन् । भने नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त, भिम आचार्य रहेका छन् ।

प्रकाशित मिति : July 7, 2021 at 12:20 pm