माधवलाई प्रचण्डको आग्रहः मलाई एक्लो बनाएर ओलीसँग नमिल्नुस्
२२ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग नमिल्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर आग्रह गर्नुभएको छ । एमालेको विवाद मिलेर आजै अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको संयुक्त विज्ञप्ति आउने चर्चा भएपछि जनकपुरको कार्यक्रम छोट्याएर प्रचण्ड सीधै नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो ।
त्यहाँ उहाँले आफूलाई एक्लो बनाएर ओलीसँग नमिल्न आग्रह गर्दै बरू बृहत कम्युनिस्ट एकताको लागि मोर्चा बनाएर अघि बढौँ भन्ने प्रस्ताव राखेको बुझिएको छ । एमालेको विवाद मिल्न खोजेको समयमा यसअघि पनि प्रचण्डले अनेक आश्वासन दिएर भाँडिदिनुभएको थियो ।
त्यसपछि नेपालले सार्वजनिक रूपमै आफूले प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनलाई धोका नदिने बताउनुभएको थियो । अहिले नेपाल निकटका दोस्रो तहका नेताहरू पार्टीको आन्तरिक एकता सुदृढ बनाउनका लागि छलफल गरिरहेकै समयमा प्रचण्ड भने नेपालको निवासमै पुगेर एमाले विभाजनका लागि मलजल गरेर फर्किनुभएको छ ।
प्रकाशित मिति : 17:00









