२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमाले कार्यदलको बैठक सकियो, धेरै प्रगति भएको गोकर्ण विष्टको प्रतिक्रिया

२२ असार, काठमाडाैँ ।  नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सकिएको छ । तीन घण्टासम्म सिंहदरबार भएको एकता कार्यदलको बैठकमा धेरै प्रगति भएको सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो । बैठकमा बुँदागत रूपमा छलफल भएको र केही दिनमै सकारात्मक निकास निस्कने उहाँले बताउनुभयो ।

बैठकबाट बाहिरिदैँ कार्यदलका सदस्य रघुजी पन्तले पनि छलफल सकारात्मक भएको र केही दिनमा नयाँ सहमतिको सम्भावना रहेको बताउनुभयो । यसअघि सोमबार बसेकाे बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन भएको थियो । साथै, कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको थियो ।

प्रकाशित मिति : 16:44