नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक केहीबेरमा बस्दै
२२ असार, काठमाडाैँ । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक मंगलबार पनि बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने एमाले सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।
सोमबारको बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन भएको थियो । साथै, कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको थियो । एमालेका दुई पक्षले भन्दै आएको जेठ २, प्रतिनिधि सभा विघटन, हस्ताक्षर फिर्ता लगायतका विषय नउठाउनेमा नेताहरु सहमति नजिक पुगेका छन् ।
प्रकाशित मिति : 12:53









