३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

२१ असार, कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चेक अनादर मुद्दाका फरार प्रतिवादी एक महिलालाई पक्राउ गरी आज एन्टिजेन परीक्षणपछि सुर्खेत जिल्ला अदालतमा उपस्थित गराउने जनाएको छ । वीरेन्द्रनगर नगरपालिका –१ सुर्खेत धारपानीका ३२ वर्षीया पार्वती शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुर्खेत जिल्ला अदालतको विसं २०७७ फागुन २८ गतेको आदेशले चेक अनादर मुद्दामा प्रतिवादी शाहीलाई दुई वर्ष कैद सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतको फैसला कार्यान्वयनका लागि विशेष सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले आइतबार उनलाई पक्राउ गरी कार्यालयको हिरासत कक्षमा राखेको जनाइएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १६:१६