भीम रावल बालुवाटार छिरेपछि गोकुल बाँस्कोटाले दिए कडा प्रतिक्रिया
२० असार, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न उपाध्यक्ष भीम रावल बालुवाटार प्रवेश गरेका गर्नुभएपछि पूर्वमन्त्री एवं एमालेकै प्रभावशाली नेता गोकुल बाँस्कोटाले कडा प्रतिक्रया दिनुभएको छ ।
उहाँले मेसीसँग जोड्दै समाजिक सञ्जालबाट आफ्नो प्रतिक्रिया सार्वजनिक गर्नुभएको छ । उहाँले फुटबल स्टार मेस्सीको फ्रि किक गजब लाग्यो भन्दै मैदान छाडेर भागेका खेलाडीको पछि लागेर ल्याङ ल्याङ भैरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ ‘मेस्सीको फ्रि किक गज्जब लाग्यो यता त मैदान छोडेर भाग्या खलाडीको पछि लागेर ल्यागं ल्यांग भो।’ बास्कोटाको उक्त प्रतिक्रिया पूर्वमन्त्री एवं अर्का प्रभावशाली नेता भानुभक्त ढकालले पनि सेयर गर्नुभएको छ ।
अध्यक्ष ओलीले नेपाल समूहको जेठ २ मा फर्किनुपर्ने माग समेत पूरा गरेपछि पनि घुर्की देखाउँदै कांग्रेस र माओवादीकै काँध थापिरहेपछि ओली निकट नेताहरूआक्रोशित बन्न पुगेका छन । उनीहरूकै माग सम्बोधन हुने गरी बैठक बोलाउँदा समेत अनेक बहानाबाजी गरेर पार्टीको अस्तित्व नै समाप्त पार्न खोजेको उनीहरूको नष्कर्ष छ ।
रावल भने ओलीकै बोलावटमा बालुवाटार जानुभएको छ । माधव नेपालले पछिल्लो समय रावलले भनेको भन्दा बाहेक अन्य नेताको कुरा नसुनेपछि उहाँसँगै वार्ता गर्न दोस्रो तहका अन्य नेताले सुझाव दिनुभएको थियो ।
यसअघि असार १८ मा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझ ५ बजेसम्ममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन भन्दै नेपालसहितका २३ पूर्व सांसदले गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । सो डेटलाइनसम्ममा कुनै बाटोबाट सहमति खोज्नका लागि नेताहरू जुटेका छन ।
प्रकाशित मिति : 21:58









