२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

माधव नेपालको एजेण्डासहित ओली भेट्न डा भीम रावल बालुवाटारमा

२० असार, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न उपाध्यक्ष भीम रावल बालुवाटार प्रवेश गरेका गर्नुभएको छ । ओलीकै बोलावटमा रावल बालुवाटार जानुभएको हो ।

माधव नेपालले पछिल्लो समय रावलले भनेको भन्दा बाहेक अन्य नेताको कुरा नसुनेपछि उहाँसँगै वार्ता गर्न दोस्रो तहका अन्य नेताले सुझाव दिनुभएको थियो ।

यसअघि असार १८ मा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझ ५ बजेसम्ममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन भन्दै नेपालसहितका २३ पूर्व सांसदले गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । सो डेटलाइनसम्ममा कुनै बाटोबाट सहमति खोज्नका लागि नेताहरू जुटेका छन ।

प्रकाशित मिति : 21:33