२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

आफ्नै सहोदर छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोज्ने बाबु पक्राउ

२० असार, काठमाडाैँ । छोरीलाई यौन दुर्व्यवहारका साथै जबरजस्ती करणी गर्न खोज्ने एक जनालाई  प्रहरीले पक्राउ गरेको छ । असार १८ गते राति आफ्नै सहोदर छोरी सोनिया (परिवर्तित नाम) लाई बाबु राहुल (परिवर्तित नाम) ले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । राति १२:३० बजेतिर बाबु राहुलले आफ्नै सहोदर छोरी सोनियालाई कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको उजुरी परेपछि बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेम बहादुर शाहीले जानकारी दिनुभयाे ।

आफुलाई बाबुले जबरजस्ती करणी गर्न खोजेकाे भनि छाेरीलेनै प्रहरीमा उजुरी दिएको र सोही उजुरीका आधारमा बाबुलाई पक्राउ गरेर जबरजस्ती करणी उद्योग मुद्दामा आवश्यक अनुसन्धान भैरहेको शाहीले जानकारी दिनुभयाे । यस अघि पनि पटक-पटक यौन दुर्व्यवहार गर्नुका साथै करणी गर्ने प्रयास समेत गरेको तर सो कुरा आफ्नै बुवा भएको कारणले ईज्जतको डरले कोहि कसैलाई नभनेको छोरीले प्रहरीलाई  बताएकी छिन् ।

प्रकाशित मिति : July 4, 2021 at 4:39 pm