१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

एमालेका दोस्रो तहका ७ नेता माधवकुमार नेपालको निवासमा

२० असार, काठमाडाैँ । नेकपा एमालेको विभाजन रोक्न कसरत गरिरहेका दोस्रो तहका सात नेता वरिष्ठ नेता माधवकुमार नेपालको निवसा कोटेश्वरमा पुगेका छन । माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागि दिएको हस्ताक्षर फिर्ता लिँदा धोका दिएको हुने भन्दै बरू एमाले छाड्ने तर देउवालाई धोका नदिने अडान राखेपछि कार्यदलको रूपमा काम गरिरहेका नेताहरू नेपाल निवास कोटेश्वर पुगेका हुन ।

नेपाल हस्ताक्षर फिर्ता लिएर देउवालाई धोका दिन नहुनेमा रहेका छन भने कार्यदलमै रहेका घनश्याम भुसाल लगायत पनि त्यस्तै अडानमा रहेका छन । यद्यपी भुसालको कार्यदलमा र माधव नेपाल समूहमा फरक फरक प्रस्तुति रहँदै अाएको छ । एमाले केन्द्रीय कमिटीको बैठकमा दिन हराएका नेपाल हिजो बिहानैदेखि पुनः समूहका नेताहरूसँगको छलफलमा रहेका छन ।

सोमबार बेलुकासम्म हस्ताक्षर फिर्ता लिन एमाले केन्द्रीय कमिटीले नेताहरूलाइ अल्टिमेटम दिएको छ । त्यसअघि नै सम्भव हुँदासम्म पार्टी मिलाउने भन्दै दोस्रो तहका नेताहरू दाैडधुपमा लागेका छन । कार्यदलमा रहेर छलफल गरिरहेका नेताहरू सुवास नेम्वाङ, बिष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे नेपाल निवास पुगेका हुन ।

प्रकाशित मिति : July 4, 2021 at 11:43 am