२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

अब ओलीसँग मिलेर एमालेमै रहन सकिदैनः नेता नेपाल

१९ असार, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब एमालेमा रहन नसक्ने निष्कर्ष निकाल्नुभएको छ । आफू निकटका पूर्व सांसदहरूसँग भएको अन्तरक्रियामा उहाँले अब अध्यक्ष केपी ओलीसँग एमालेमै रहन नसक्ने बताउनुभएको छ । उहाँले ललितपुरको बालकुमारीमा शनिबार बिहान आफूनिकट पूर्व सांसदहरूसँग छलफल गर्दै ओलीसँग एकता गर्नु भनेको आफ्नै मृत्यु स्वीकार गर्नुसरह भएको बताउनुभएको सहभागी सांसदले बताएका छन ।

सानो पार्टी बनाउने सल्लाह सांसदहरूले नेपाललाइ दिएका छन । उनीहरूले सानो पार्टी बनाए पनि विस्तारै ठूलो पार्टी बनाउन मिहेनत गर्न नसकिने भन्दै नेता नेपाललाइ अघि बढ्न सुझाव दिएका छन । यस्तो नयाँ पार्टी बनाउन सुझाव दिनेमा बिरोध खतिवडा लगायतका पूर्व सांसद रहेका छन ।  मिलेर एमालेमै रहिदैनः नेता नेपाल

 

प्रकाशित मिति : 18:38