२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

हस्ताक्षर फिर्ता नलिए माधव नेपालहरू एमाले रहन्नः अध्यक्ष ओली

१९ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउनका लागि दिएको हस्ताक्षर फिर्ता नलिए कठोर बनेर पार्टी अघि बढाउने संकेत दिनुभएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले अर्को पार्टीमा जानेलाई पर्खिन नुहने बताउनुभयो ।

बालुवाटारमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जेठ २ मा फर्कियौं भनेको अहिले जे भइरहेको छ त्यही हो भन्दै बैठकमा नआउनेलाई पर्खिन नसकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जेठ २ मा फर्कियौं भनेको यही हो, जो आउँदैन, अर्को पार्टीमा जान्छ, उसलाई पर्खिने हैन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।’

बैठकमा शनिबार दिउँसो नेपालसँग भएको टेलिफोन संवादबारे पनि ओलीले  जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, ‘मैले माधव नेपाललाई भनें, प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्ने हैसियत के हुन्छ, सर्वोच्चको फैसला आउँदासम्म जो जसको हस्ताक्षर (शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हालिएको रिट निवेदनमा) रहन्छ ती एमाले नेता कार्यकर्ता होइनन्।’

प्रकाशित मिति : July 3, 2021 at 6:13 pm