१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद, किरणले पनि छाडिन साथ

१९ असार, काठमाडाैँ । बलिउड अभिनेता आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद भएको छ । दोस्रो बिबाहको १५ वर्षपछि पत्नी किरण रावसँग शनिबार सम्बन्ध विच्छेद भएको छ । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।

आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति-पत्निको सट्टा अलग-अलग जिवन जिउने घोषणा गरे । आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।”

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १६:३६