ओलीलाई माधव नेपालको चेतावनीः बैठक नरोके पार्टी र आन्दोलनलाई नोक्सान पुग्छ
१९ असार, काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जारी केन्द्रीय कमिटीको बैठक नरोके पार्टी र आन्दोलन दुबैलाई नोक्सान पुग्ने चेतावनी दिनुभएको छ । शनिबार दिउँसो ओलीसँग भएको टेलिफोन संवादमा नेता नेपालले यस्तो चेतावनी दिनुभएको हो ।
ओलीले बाहिरतिर नबरालिकन बैठकमा सहभागी हुन नेपाललाई आग्रह गर्नुभएको थियो । ओलीको आग्रहपछि नेता नेपालले जवाफमा बैठक रोक्नुहोस्, नयाँ ढंगले वातावरण बनेपछि दुवै जना भेटौंला, पार्टी एकता गर्ने हो भने अहिलेको कदमलाई रोक्नुहोस्, यसले पार्टी र आन्दोलनलाई नोक्सान पुग्छ भनेर चेतावनी दिएको स्रोतले जनाएको छ ।
ओलीले नेपाल समूहको सबै माग पूरा गरेपनि नेपाल भने कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्ध नतोड्नका लागि अनेक बहाना बनाइरहनुभएको छ।
प्रकाशित मिति : 16:13









