गणेश पहाडीसँगै सिन्धुलीका तत्कालीन जिल्ला इन्चार्ज कमलजंग राईले पनि छाडे माधव समूहकाे साथ
१८ असार, काठमाडाैँ । सिन्धुलीका तत्कालीन जिल्ला इन्चार्ज कमलजंग राई दनुवारले पनि माधव नेपाल समूहकाे साथ छाड्नुभएकाे छ । नेकपा एमालेको माधव नेपाल पक्षले बहिष्कार गरेको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सो समूहका केन्द्रीय सदस्य राई पनि उपस्थित हुनुभएकाे हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा १२ दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएकाे गणेश पहाडीसहित उहाँकै गृहजिल्ला सिन्धुलीका तत्कालीन नेकपा एमालेका इन्चार्ज राई पनि शुक्रबारबाट केपी ओली पक्षमा खुल्नुभएकाे हाे ।
बालुवाटारमा भएको बैठकमा पहाडी र राई पहिलोपटक सहभागी हुनुभएकाे हाे । यसअघि नवौं राष्ट्रिय महाधिवेशनमा दुवैजना माधव नेपाल समूहबाट निर्वाचित हुनुभएकाे थियाे । नेकपा एमाले व्युँतिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने समयमा पहाडी माधव पक्षमै रहेर अनुपस्थित हुनुभएकाे थियाे ।
प्रकाशित मिति : 16:41









