२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

बलिउडका चर्चित अभिनेता दिलीप कुमार फेरि अस्पताल भर्ना

१६ असार, काठमाडौँ। स्वास प्रश्वासमा समस्या आएपछि बलिउडका चर्चित अभिनेता दिलीप कुमारलाई फेरि अस्पताल भर्ना गरिएको छ। १० दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज भई घर फर्केका उहामा स्वास प्रश्वासमा समस्या भएपछि पुःन अस्पतालमा भर्ना गरिएको हाे।

९८ वर्षीय अभिनेता दिलीप कुमारलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ। उनलाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको परिवारका सदस्यले बताउनुभयाे । अभिनेता दिलीप कुमारलाई अहिले आइसीयूमा राखेर उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १७:५३