१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

महेश बस्नेतले संसदमै उठाए साइबरक्राइमको कुरा, कडा कारबाही गर्न माग

२८ असार, काठमाडौँ । नेकपाका सांसद महेश बस्नेतले सामाजिक सञ्जालको प्रयोग अराजक ढंगले भएको भन्दै साइबरक्राइममा कारबाही गर्न माग गरेका छन । सांसद बस्नेतले बाढी पिडितको संवेदनालाई ख्याल नगरी सामाजिक सञ्जालमा पानी जहाजको कुरा गर्नेहरुप्रति असन्तुष्टि पोखे पानी जहाजको कुरालाई वाहियात भन्दै उनले कारबाहीको माग पनि गरे ।

बस्नेतले अमृता लम्सालको फेसबुक स्टाटसलाई जोड्दै भक्तपुरका जनता बाढीले पिडित भइरहेका बेला कतिपयले भने सामाजिक सञ्जालमा पानी आएछ अब जहाज कहिले आउँछ भनेर उडाइरहेको भन्दै असन्तुष्टि पोखे ।

उनले भने ‘सक्नुहुन्छ भने बाढी पिडित भक्तपुर र देशभरका जनतालाई सहयोग गर्नुहोस् । सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानी जहाजको कुरा नगर्नस । सामाजिक सञ्जालमा यो वाहियात कुरा गर्ने मान्छेहरुलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढंगले लागु गर्नुपर्छ । म सञ्चार मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु ।’

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार १४:२३