१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेप्सेमा राधी विद्युतको सेयर मूल्य समायोजन

१५ असार, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा राधी विद्युत कम्पनीको ३६.५% बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हाे । कम्पनीको समायोजनपछिको मूल्य ८ सय २१ रुपैयाँ निर्धारण भएको छ ।

नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। सोमबार कम्पनीको शेयर ११२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यहि मूल्यलाई आधार मानेर आज मंगलबार नेप्सेमा कम्पनी सेयर कारोबार खुल्नेछ ।

कम्पनीको वार्षिक साधारण सभा असार २९ गते हुँदैछ । सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको ३६.५ प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार ११:१६