१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

तीन दलको असहमतिकाबीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

१४ असार, धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहानै बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच पनि सरकारले बजेट पारित गर्न सफल भएको छ । गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १०:११