२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

आठ वर्षीया बालिकालाई बलात्कार गर्ने धादिङका सूर्य न्यूरोडबाट पक्राउ

१३ असार, काठमाडाैँ । ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौँको न्यूरोडबाट  प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। शनिबार दिउँसो महानगरीय प्रहरी वृत्त जनसेवाले काठमाडौं महानगरपालिका वडा नम्बर २३ जुद्धशालिक धर्मपथ बस्ने ३५ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको हाे। धादिङ धुनिवेशी नगरपालिका वडा नम्बर १ घर भएका तामाङ न्यूरोड क्षेत्रमा रिक्सा चलाउँछन्। उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयाे ।

बालिका खेलेर आफ्नो कोठामा जाँदै  गर्दा धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि लगि जबजस्ती करणी गर्दै गर्दा स्थानियले  देखेपछि प्रहरीलाई खबर गरेका थियो।’ यसअघि पनि तामाङ धेरै पटक अभद्र व्यवहारको मुद्दामा पक्राउ परिसकेका छन्। ती बालिकाको मेडिकल चेकअप भइसकेको र उनको अवस्था अहिले सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : June 27, 2021 at 4:34 pm