१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दमकबाट मोटरसाइकलसहित २ जना पक्राउ

१३ असार, दमक । यहाँबाट मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ पु¥याएका दुई जनालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका– ६ का १९ वर्षीय मिलन कार्की र मिक्लाजुङ–९ का होमराज कन्दङ्वा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मधुमल्ला बजार नजिकैबाट हुलियाका आधारमा चोरीमा संलग्न दुवैलाई शनिबार इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले नियन्त्रणमा लिएको हो । दुई दिनअघि दमक–७ का राजु श्रेष्ठको घरमा पार्किङ गरी राखेको अवस्थामा को २७ प ९४३६ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : १३ असार २०७८, आईतवार १६:१२