सरकारले छापेकै पुस्तकमा पुरानो नक्सा भेटियो
१२ असार, काठमाडाैँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहेको अनुगमन समितिले विद्यालय तहका पाठ्यपुस्तकको बजारमा देखिएका मनोमानीबारे अनुगमन प्रारम्भ गरेको छ ।
केन्द्रका महानिर्देशक एवं अनुगमन समितिका संयोजक वैकुण्ठ अर्यालको नेतृत्वमा आज काठमाडौँको भोटाहिटी बजारमा अनुमगन गर्दा कतिपय पसलका पुस्तकमा मूल्य सूचीमा कालो पोतिएको, तोकिएभन्दा बढी मूल्य कायम गरेको, नेपालको पुरानै नक्साको तस्वीर प्रकाशन गरेको पाइएको छ ।
अनुगमन समितिका सदस्य एवं नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार अनुगमनलाई निरन्तरता दिई कारबाहीका लागि प्रतिवेदन तयार गरिनेछ ।
प्रकाशित मिति : June 26, 2021 at 9:15 pm









