१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

फूलमाला लगाएर तस्विर खिचाउँदैमा कांग्रेस एकताः नेता सिटाैला

२८ असार, झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई आधुनिक बनाउनुपर्ने औँल्याउनुभएको छ । झापाको बिर्तामोडस्थित कांग्रेस जिल्ला पार्टी कार्यालयमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले हिजोको कांग्रेसलाई अब समयअनुसार रुपान्तरण गरेर आधुनिकीकरण गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।

पार्टीका पूर्व महामन्त्री समेत रहनुभएका नेता सिटौलाले कांग्रेसलाई तलैदेखि बलियो बनाउन पार्टी नेतृत्व गम्भीर हुनुपर्ने टिप्पणी गर्नुभयो । फूलमाला लगाएर तस्विर खिचाउँदैमा कांग्रेस एकता नहुने भन्दै उहाँले कांग्रेसभित्रको एकता अरुलाई देखाउनभन्दा पार्टी बलियो बनाउनतर्फ लाग्नुपर्छ भन्नुभयो ।

दुई तिहाइको बलमा सरकार निरकुंश बन्दै गएको भन्दै उहाँले काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्ने अवस्था आएको पनि बताउनुभयो ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार ०५:५८