१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

जनरल इन्सुरेन्सले असार २१ मा डाक्यो स्थगित साधारण सभा, के छ मुख्य एजेण्डा ?

११ असार, काठमाडाैँ । जनरल इन्सुरेन्स कम्पनी नेपाल लिमिटेडले स्थगित तेस्रो वार्षिक साधारण सभा असार २१ गते बोलाएको छ । उक्त सभा असार २१ गते कम्पनीकाे केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । यसअघि वैशाख २६ गते आह्वान गरिएको सभा कोरोना भाइरसका कारण स्थगित गरिएको थियो ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरू छलफल गरी पारित गरिनेछ ।

सभामा कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । साथै उक्त सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिलासहित दुई सञ्चालकको निर्वाचन समेत अनुमोदन हुनेछ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १२:५७