शुक्रबार नेप्सेमा ‘एनआईबिएल समृद्धि फन्ड–२’ सूचीकृत
११ असार, काठमाडाैँ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआइबिएल समृद्धि फन्ड–२ का इकाइहरु सूचीकृत भएका छन्। नेप्सेमा फण्डको १५ करोड इकाई नेप्सेमा सूचिकृत भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल लिमिटेड बीच आज समृद्धि फन्ड–२ का इकाइहरु सूचीकरण सम्झौता भएको हो। यो सम्झौतासँगै समृद्धि फन्ड–२ का १० रुपैयाँ अंकित दरका कुल १५ करोड इकाइ नेप्सेमा सूचीकृत भएका छन्। फण्डले दोस्रो बजारमा कारोबारको लागि NIBSF2 सिम्बोल प्रदान गरिएको छ ।

प्रकाशित मिति : June 25, 2021 at 12:28 pm









