१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्याे लाभांश

८ असार, काठमाडाैँ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

पुनर्बीमा कम्पनीले हाल कायम चुक्ता पूँजी १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ समेट ३.५० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपश्चात सो लाभांश वितरण गरिनेछ। असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार ११:१२