१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सोमबार बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

७ असार, काठमाडाैँ । असार लागेदेखि लगातार घट्दै आएको सुनको मूल्य सोमबार बढेको छ। सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे  छ।

सोमबार चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२९५ रुपैयाँमा काराेबार भइरहेकाे  छ।

प्रकाशित मिति : June 21, 2021 at 11:38 am