१७ फाल्गुन २०८२, आईतवार | Mon Mar 2 2026

आजबाट समृद्धि फाइनान्सको १३ लाख ८० हजार कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

३ असार, काठमाडाैँ । समृद्धि फाइनान्सले आजबाट संस्थापक समूहको १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यो लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि असार ३ गतेदेखि असार १० गते सम्म शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।  उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।  कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरुले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ, बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर,बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा, हेटौँडास्थित समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, शाखाहरु पुतलीसडक, बुटवल, पोखरा र नारायणगढ तथा कञ्चनपुरको महेन्द्रनगरस्थित ज्योति विकास बैंकको शाखामा बोलपत्र पेस गर्न सक्नेछन्।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ११:१८