१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोटको त्रिशुली जलविद्युत केन्द्रको आगो नियन्त्रणमा, विद्युत उत्पादन बन्द

२६ असार, नुवाकोट । नुवाकोटको त्रिशुली जलविद्युत केन्द्रमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी भएको झण्डै दुई घण्टा पछि आगो नियन्त्रणमा आएको नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । विद्युत आपूर्ति गर्ने इन र आउटको स्वीचको पाँचवटा ब्रेकर आगालागीले ध्वस्त भएको छ ।

एसपी कुँवरका अनुसार मर्मत नगरी विद्युत केन्द्र तत्काल सञ्चालनमा आउने सम्भावना रहेको छैन । मर्मतका लागि विद्युतप्राधिकरणको इन्जिनियरहरुको टोली नुवाकोट बोलाइसकेको पनि एसपी कुँवरले जानकारी दिए । आगो निभाउनका लागि दमकलको प्रयोग असम्भव भएकाले ग्यासको प्रयोग गरेर नियन्त्रणमा लिइएको थियो ।

आगो नियन्त्रणका निम्ति प्रहरी सेना र अग्निनियन्त्रकले काम गरेका थिए । २१ मेगावाट क्षमताको यस विद्युत केन्द्रमा केही महिना अघि पनि मुसाले तार काट्दा आगलागी भएको थियो ।

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार १६:३१