१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिशुली जलविधुत केन्द्रमा भीषण आगलागी, ग्यासको प्रयोग गरी नियन्त्रणको प्रयास हुँदै (फोटोफिचर)

२६ असार, नुवाकोट । नुवाकोटको त्रिशुली जलविधुत केन्द्रमा भीषण आगलागी भएको छ । विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेकाे २१ मेगावाटको जलविधुत केन्द्रमा केहीबेर अघि सुरु भएको आगो नियन्त्रणबाहिर रहेको छ । आगो निभाउनका लागि दमकलको प्रयोग असम्भव भएकाले ग्यासको प्रयोग गरेर नियन्त्रणको प्रयास भैरहेको नुवाकोटका एसपी बसन्त कुँवरले जानकारी दिए ।

घटनास्थलमा भएका एसपी कुवँरका अनुसार आगो नियन्त्रणका लागि आग्नि नियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । जलविद्युत केन्द्रको ब्रेकरमा आगलागी भएको जनाइएको छ । आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।

 

 

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार १४:५०