१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नक्कली डिएसपी र डाक्टर कृष्ण प्रसाद ढुङ्गाना नेपालटारको मेडिकलबाट पक्राउ

३१ जेठ, काठमाडौँ । तारकेश्वर नगरपालिकाका नक्कली डीएसपी पक्राउ परेका छन । उनी नेपालटारमा सञ्चालित भिक्टोरिया फार्मेसीबाट पक्राउ परेका हुन । आफू चिकित्सक भएको र प्रहरीको डीएसपी भएको भन्दै धेरैलाइ ठगी समेत गरेका थिए ।

प्रहरीको महानगरीय अपराध महाशाले नक्कली डीएसपी बनेर ठक्ने कृष्णप्रसाद ढुंगानालाइ सोमबार पक्राउ गरेको हो । काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं। ६ बस्ने बर्ष ४४  ढुङ्गानाले ठगेका कोही भए प्रहरीमा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।

उनले आफूलाई मेडिकल डाइरेकटर हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएका थिए । नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै आएको ढंगानाले नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको यूनिफम लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राखेका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार २२:५३