११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

खानीखोला हाइड्रोपावरको सेयर कारोबार फुकुवा

३१ जेठ, काठमाडाैँ । धितोपत्र दोस्रो बजारमा रोक्का रहेको खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार आजबाट फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को जेठ ३० गतेको निर्णयअनुसार खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको हो। नेप्से सेयर कारोबार फुकुवा गरेसँगै आजबाट खानीखोला हाइड्रोपावरको सेयर कारोबारमा आएकाे  हाे ।

 कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै दोस्रो बजारमा कारोबार रोक्का गरेको थियाे । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ काे विनियम २२ (१) (क) मा भएकाे व्यवस्था बमाेजिम वित्तीय विवरणहरू पेश गरेकाे नपाइएकाे हुनाले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम १६ (१) (घ) मा भएकाे व्यवस्था बमाेजिम जेठ २० गतेबाट राेक्का गरेकाे थियाे।

कम्पनीले गत जेठ २६ गते वित्तीय विवरणहरु लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न मिल्ने गरी नेप्सेको वेबसाइटमा अपलोड गरेपछि दास्रो बजारमा कारोबार फुकुवा गरिएको हो ।

प्रकाशित मिति : June 14, 2021 at 11:00 am