गायक दीप श्रेष्ठ काेराेनामुक्त, अस्पतालबाट डिस्चार्ज
२८ जेठ, काठमाडाैँ । बरिष्ठ गायक दीप श्रेष्ठ कोरोनाभाइरस संक्रमणमुक्त हुनुभएकाे छ । राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठ डिस्चार्ज हुनुभएकाे हाे ।
संक्रमण पुष्टि भएको केही दिनपछि अक्सिजनकाे मात्र कम भएपछि उहाँ ह्याम्स अस्पताल भर्नाहुनुभएकाे थियाे । दुई साता आइसीयूमा राखेर उहाँलाई उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उअाँलाई डिस्चार्ज गरिएको हो । यसैबीच, बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालका डाक्टर तथा नर्सहरुले गायक श्रेष्ठलाई विदाइ गर्ने क्रममा उहाँकै गीत गाएर सम्मान व्यक्त गरेका छन् ।
अस्पतालका स्वास्थ्यकर्मीहरुले गायक श्रेष्ठका दुई लोकप्रिय गीतहरु बितेका कुराले‘ तथा हुँ यात्री एउटा‘गाएर विदा गरेका हुन् । ह्विलचेयरमा बसेर अभिभावद गर्दै अस्पतालको क्याबिनबाट बाहिरिँदै गर्दा गायक श्रेष्ठलाई स्वास्थकर्मीहरुले खादा लगाएर स्वागत गरेका थिए ।
प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १६:३७